महोत्तरीका २ पालिकाका विद्यालयमा गर्मी बिदा

महोत्तरीका २ पालिकाका विद्यालयमा गर्मी बिदा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

महोत्तरी : असह्य रुपमा गर्मी भएपछि महोत्तरीका दुई पालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका छन्। जिल्लाको सोनमा गाँउपालिका र वर्दिवास नगरपालिकाले नगरभरिमा सामुदायिक विद्यालयहरुमा गर्मी बिदा दिएका हुन्।

सोनमाका शिक्षा शाखा संयोजक राजकुमार साहका अनुसार जेठ १७ र १८ गते दुई दिनका लागि पठनपाठन बन्द हुने गरी विद्यालयमा बिदा दिइएको जनाएको छ । सो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी मिलाइएको संयोजक साहले जानकारी दिए ।

यता बर्दिवास नगरपालिकाले एक विज्ञप्त जारी गर्दै सामुदायिक ,संस्थागत तथा धार्मिक विद्यालयमा जेठ १७ गतेदेखि जेठ २० गतेसम्म ४ दिनको बिदा दिइएको हो ।

उच्च तापमानका कारण विद्यालयका विद्यार्थीहरूमा हुन सक्ने समस्यालाई मध्य नजर गर्दै बर्दिवास नगरपालिका भित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा गर्मी बिदा दिइएको मेयर प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए । गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए । उनले भने, ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको हो ।

पछिल्लो समयमा महोत्तरीको तापमान ४८ डिग्री सेल्सियससम्म पुगेपछि गर्मीले स्थानीयको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.