साउदी अरबबाट छ इरानी पत्रकार निष्कासित

साउदी अरबबाट छ इरानी पत्रकार निष्कासित
फाइल तस्बिर।
सुन्नुहोस्

साउदी अरबले एक प्रमुख मुस्लिम तीर्थस्थलमा पक्राउ परेका छ इरानी पत्रकारलाई निष्कासन गरेको छ। इरानी राज्य मिडियाले निष्कासनको कारण अज्ञात रहेको बताएको छ। 

'तिनीहरूलाई गत साता मङ्गलबार मदिनामा पैगम्बर मोहम्मदको मस्जिदमा पवित्र कुरान पाठको रेकर्डिङ गर्ने क्रममा पक्राउ गरिएको थियो', सरकारी टेलिभिजनले भनेको छ, 'धेरै घन्टासम्म सोधपुछ गरिएपछि तिनीहरूलाई बिना कुनै कारण मदिनामा केन्द्रीय प्रहरी हिरासतमा लगियो।'

अधिकांश शिया–बहुमत इरानको लामो समयदेखको क्षेत्रीय प्रतिद्वन्द्वी सुन्नी–बहुमत साउदी अरबले कथित पक्राउ र निष्कासनबारे सार्वजनिकरूपमा कुनै टिप्पणी गरेको छैन। 

'हामीलाई अझै पनि यो मामिलाको सटीक कारण थाहा छैन', राज्य टेलिभिजन प्रमुख पेमन जेबेलीले तेहरानको इमाम खुमेनी विमानस्थलबाट प्रसारकलाई भने। विमानस्थलमा उनले इरान फर्केका पत्रकारहरूसँग भेटेका थिए। 

टेलिभिजन च्यानलका अनुसार पत्रकारहरू वार्षिक हज यात्राको समाचार बनाउन साउदी अरबमा थिए। हज यात्रा यस वर्षको जुनको मध्यमा आयोजना गरिने छ। दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध तोडिएपछि साउदी अरबले वर्षभरि हुने सानो तीर्थयात्रा उमरामा सहभागी हुन इरानीहरूमाथि करिब एक दशक लामो प्रतिबन्ध लगाएको थियो। 

शिया धर्मगुरु निम्र अल–निम्रलाई रियादले मृत्युदण्ड दिएपछि इरानमा रहेको साउदी कूटनीतिक नियोगमा आक्रमण भएपछि दुवै क्षेत्रीय शक्तिले सन् २०१६ मा तोडेका थिए। रियादले कोभिड महामारीको बेला हजका लागि विदेशीहरूलाई मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो। 

तेहरान र रियादले सम्बन्धलाई पुनःस्थापना गर्न र आफ्ना सम्बन्धित दूतावास पुनः खोल्नका लागि चिनियाँ मध्यस्थताको सम्झौतामा सहमति जनाएपछि इरानका तीर्थयात्रीहरूलाई गत वर्ष हजमा सहभागी हुन अनुमति दिइएको थियो। 

यस वर्षसम्म उमरामा तीर्थयात्रा इरानीहरूलाई सीमित रहेको थियो र यसको पुनः सुरुआतलाई सम्बन्ध न्यानो भएको सङ्केतका रूपमा हेरिएको थियो। गत महिना उमराका लागि तीर्थयात्रीहरू तेहरानबाट रियादका लागि प्रस्थान हुँदा उनीहरूलाई इरानमा साउदी राजदूत अब्दुल्लाह बिन साउद अल–अनाजीको उपस्थितिमा आयोजित समारोहमा विदाइ गरिएको थियो। 

हजको विपरीत मुसलमानहरू वर्षको कुनै पनि समयमा मक्कामा उमरा तीर्थयात्रा गर्न सक्छन्। उमरा इस्लामको पाँच स्तम्भमध्येको एक हो। यो चन्द्र पात्रोअनुसार निश्चित तिथिहरूमा हुन्छ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.