१३ लाख नक्कली नोटसहित बारामा चार जना पक्राउ

१३ लाख नक्कली नोटसहित बारामा चार जना पक्राउ

कलैया : बारा प्रहरीले नक्कली नेपाली नोटसहित चार जनालाई नियन्त्रणमा लिएको छ। बारा सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नोटसहित एक भारतीय र तीन नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा नं. ५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका वडा नं. १ का १९ वर्षीय मोहनकुमार साह र भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलम छन्। तीन जनालाई सानो बसबरिया र एक भारतीय नागरिकलाई ठूलो बसबरियाबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। 

पक्राउ परेका तीन जनाबाट सात लाख सात हजार नक्कली नोट बरामद गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। उनीहरूले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय नागरिक आलमलाई प्रहरीले बारा सिम्रौनगढ नगरपालिका ९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए। आलमको साथबाट ६ लाख ९ हजार नक्कली नेपाली नोट बरामद भएको छ। 
पक्राउ परेका चार जनामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक खड्काले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.