नेतृत्वका लागि आत्मनिर्भरता जरुरी

नेतृत्वका लागि आत्मनिर्भरता जरुरी
सुन्नुहोस्

हेटौंडा उपमहानगरपालिका महिलाको नेतृत्वमा अघि बढिरहेको छ । त्यसैगरी यस प्रदेशको राजधानीसमेत भएको नाताले यो नगरको प्राकृतिक, प्रशासनिक र राजनीतिक सौन्दर्य बढाउन हामी अग्रसर छौं । समाजको समुचित, समानुपातिक विकास र रूपान्तरणका लागि महिला सशक्तीकरण अपरिहार्य हुन्छ । यही मान्यतालाई आत्मसात गर्दै हेटौंडामा महिला नेतृत्व स्थापित गर्ने गरी काम कारबाहीहरू अघि बढाइरहेका छौं । 

महिला विकासका लागि अनिवार्य शिक्षा, स्वास्थ्य सेवा र आर्थिक आत्मनिर्भरता अत्यन्त महत्वपूर्ण पक्ष हुन् । महिलालाई उच्च शिक्षाको अवसर प्रदान गर्नुका साथै स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु स्थानीय सरकार अर्थात् हाम्रो प्रमुख लक्ष्य हो । यही कुरालाई बुझेर हामीले हेटौंडा उपमहानगरको १३ र १६ नम्बर वडामा अस्पताल सञ्चालनमा ल्याएका छौं । यसले अस्पतालमा  सहज स्वास्थ्य पहुँच नपुगेका महिलालाई न्याय गर्छ भन्नेमा हामी विश्वस्त छौं । 

महिलालाई आय आर्जनका माध्यमबाट आत्मनिर्भर बनाउन हामीले बिभिन्न सीपमूलक तालिम र लघु पुँजी सहयोग गरिरहेका छौं । यो कार्यले उनीहरू आफ्नो खुट्टामा आफैं उभिन सक्नेछन् । यसका लागि म नेतृत्वमा आइसकेपछि उपमहानगरका करिब ९ सय महिलालाई सीपमूलक तालिम दिएर ३ सय ५० महिलालाई प्रत्यक्ष रोजगारीमा जोडेका छौं । सीप सिकेपछि १३ वटा लघुउद्योगमा जोडिएर दिगो आयआर्जन र आत्मनिर्भताको यात्रामा अघि बढिरहेको देख्दा र सुन्दा आनन्द लाग्छ । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न र महिला उद्यमीहरूको क्षमता विकास गर्न वार्षिक रूपमा योजना बनाएर काम गरिरहेका छौैं । उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न कोसेली घर सञ्चालन गर्दै व्यावसायिक सीप हस्तान्तरण गर्नुका साथै नेटवर्किङको अवसरसमेत प्रदान गरेका छौं । 

हेटौंडालाई महिलामैत्री सहरका रूपमा विकास गर्ने प्रतिबद्धतासाथ हामी अघि बढिरहेका छौं । महिला नेतृत्व, आत्मनिर्भरता तथा आर्थिक स्वालम्बन पछि मात्रै राजनीतिक नेतृत्वमा दाबी गर्न सकिन्छ । त्यसपछि मात्र पुरुषसरह सह अस्तित्वको लडाइँमा सहभागी हुन सकिने रहेछ । त्यसैले मूलत विकास भन्नेबित्तिकै भौतिक वस्तु र पूर्वाधारहरूलाई मात्रै परिभाषित गर्ने पुरानो शैलीलाई फेरेर महिला विकासलाई प्राथमिकतामा राख्नु जरुरी छ ।

(लामा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.