अमेरिकाको टेक्सासमा आँधी, सात लाख ग्राहक विद्युत्विहीन
![अमेरिकाको टेक्सासमा आँधी, सात लाख ग्राहक विद्युत्विहीन](https://annapurnapost.prixacdn.net/media/albums/texsas_2V7eqsUuHK_q9VumGDJmY.jpg)
वासिङटन डिसी : संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मङ्गलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ ।
त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो र डलास काउन्टीमा मात्र तीन लाखभन्दा बढी मानिस विद्युत्विहीन बने । केन्टुकी, अर्कान्सस, वेस्ट भर्जिनिया र मिसौरी राज्यहरूमा एक लाख ६० हजारभन्दा बढी घर र व्यवसायहरू मङ्गलबार बिहानसम्म विद्युत्विहीन थिए ।
मेमोरियल डे सप्ताहन्तमा मध्य संयुक्त राज्य अमेरिकामा आएको आँधीका कारण कम्तीमा २० जनाको व्यक्तिको मृत्यु भएको छ । साथै महत्त्वपूर्ण सम्पत्तिको क्षति भएको छ ।
आइतबार अहिलेसम्मको सबैभन्दा व्यस्त मौसम दिन थियो । यसमा २० भन्दा धेरै राज्यमा तीव्र हावा वा असिनाको छ सयभन्दा बढी रिपोर्ट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)