क्रिकेटका २ रंगशाला राष्ट्रिय गौरवमा सम्मेलित

खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन

खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन

काठमाडौं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि  ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।  मंगलबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि मात्रै एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरे। उनले अगामी आर्थिक वर्ष ८० वटा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना गर्ने जानकारी दिए।

टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने ,गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने उनले बताए । मन्त्री पुनले काठमाडौंको मुलपानी र बिराटनगरको गरिजाप्रसादरंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने जानकारी दिए ।

उनले १० औं राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न रु ६० करोड बिनियोजन गरेको जानकारी दिए। मन्त्री  पुनले शिक्षकलाई खेलकुदको तालिम दिइ विद्यालयमा खेलकुद प्रवद्र्धनका काम गर्ने बताए ।

खेलकुद अर्थतन्त्रको विकास गर्न निजि क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.