सिन्धुलीको मरिणबाट गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु

सिन्धुलीको मरिणबाट गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु
सुन्नुहोस्

सिन्धुली : बागमती प्रदेशमा पहिलो पटक गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ। प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिणबाट कार्यक्रम सुरु गरिएको हो। 

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शनिबार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानबाट कार्यक्रमको सुरुवात गरेकी हुन्। 

मन्त्री मोक्तानले बढीमुहानमा एक महिने गार्मेन्ट तालिमको उद्घाटन गर्दै प्रदेशमै पहिलो पटक उक्त कार्यक्रमको सुरुवात भएको बताइन्।  गृहिणी महिलाहरूको सशक्तीकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवं आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारले प्रदेशभरीका जिल्लामा कार्यक्रम सञ्चालनमा ल्याइएको मन्त्री मोक्ताङको भनाइ छ।

प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० अनुसार प्रदेशका विभिन्न जिल्लाका ३५ वटा पालिकामा पहिलो चरणमा यो कार्यक्रम कार्यान्वयनमा आएको उनको भनाइ रहेको छ।

कार्यक्रम अन्तर्गत महिलाहरूमा सचेतना अभिवृद्धि, शिक्षा, सीपमूलक तालिम वा उद्यमशीलता, सीप परीक्षण, बिउ पुँजी र एकल वा गृहिणी महिला समूह गठन गरी व्यवसायबाट उत्पादित सामग्रीको बजारीकरणको व्यवस्था गरिने छ। यसले गृहिणी महिलाहरूको कानुनी, सामाजिक र राजनीतिक र आर्थिक पक्षमा सशक्तीकरणमा मद्दत पुग्ने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.