मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल चोरी गर्ने एक जनालाई घरबाटै पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरी भएको एक थान मोटरसाइकलसहित एक जनालाई घरबाटै पक्राउ गरेको हो। कमलामाई नगरपालिका-६ का २७ वर्षीय मनिष बानियाँलाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

सिन्धुलीको कमलामाई नगरपालिका-६, स्थित २ नम्बर बजारमा रहेको सम्झना अधिकारीको घरमा च्यानल गेट भित्र पार्किङ गरी राखेको प्र २–४१ प ९८८५ नम्बरको कालो रातो १५० सीसीको मोटरसाइकल चोरी गरेको अभियोगमा बानियाँलाई शनिबार मोटरसाइकलसहित निजकै घरबाट पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए। 

बिहीबार रातिको समयमा अधिकारीको घरमा च्यालनगेट भित्र पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको भन्ने खबर शुक्रबार बिहान साँढे ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। ‘उक्त सूचना पछि प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा शनिबार बिहान बानियाँको घरबाट मोटरसाइकल बरामद भएको हो,’ खड्काले भने। 

बरामद भएको मोटरसाइकल र बानियाँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.