चीनसँग जोडिएका सातवटा नाका खुलाउनका लागि मिति तय भइसकेको छ : परराष्ट्रमन्त्री

चीनसँग जोडिएका सातवटा नाका खुलाउनका लागि मिति तय भइसकेको छ : परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथांका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। 

करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आएको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। किमाथांका नाका पुनः सञ्चालन औपचारिक कार्यक्रम सम्पन्न गरेर फर्केपछि शनिबार संखुवासभा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले कूटनीतिक संवादपछि कोभिडका कारण बन्द भएको नाका खुलाउन सफल भएको बताए। 

चीनको छिन्ताङमा भएको कार्यक्रमका १४ वटै परम्परागत नाका खुल्ला गर्ने औपचारिक घोषणा भएको उनले बताए। उनले तत्कालै सातवटा नाका खुला भइसकेको र अन्य सातवटा नाका खोल्नका लागि मिति तय भइसकेको धारणा राखे। उनले चीन जाने नेपालीका लागि भिसा शुल्क निःशुल्क गर्ने सहमति भइ कार्यान्वयन नै भइसकेको जानकारी दिए।

चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथांका नाका बन्द गरेको थियो। नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.