तिनाउ खोलामा डुबेर किशोरको मृत्यु
![तिनाउ खोलामा डुबेर किशोरको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_uAu63GkDJx_Xnxo6Km6FE.jpg)
बुटवल : रुपन्देहीको तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका-६ नयाँमिलका १६ वर्षीय विद्यान्स भुसालको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक पण्डितका अनुसार भुसाल घरबाट फूटबल खेल्न भनेर घरबाट निस्किएका थिए। उनी तिलोत्तमा पार्कदेखी पश्चिमतर्फको तिनाउ खोलामा डुबेका थिए।
तिनाउ खोलामा अव्यवस्थित रुपमा उत्खनन् गरिएका गहिरो पोखरीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)