पश्चिमी म्यान्मामा आगलागी, ६० पसल जलेर नष्ट
![पश्चिमी म्यान्मामा आगलागी, ६० पसल जलेर नष्ट](https://annapurnapost.prixacdn.net/media/albums/genericfire2-58d66c7bb82f20.66176848_QwhBeKjxDX_lsJ8Eg5wPr.jpg)
पश्चिमी म्यान्माको रखाइन राज्यमा भएको आगलागीमा परी करिब ६० पसल जलेर नष्ट भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले बिहीबार ढिलो जानकारी दिएको छ ।
आगलागी स्थानीय समयअनुसार बिहीबार दिउँसो ३:१५ बजे रखाइन राज्यको सिट्वे टाउनसिपको थेत काल पिन गाउँको बजारमा भएको सूचना टोलीले जनाएको छ ।
बजारमा रहेको जुत्ता पसलमा रहेको सोलार प्यानल बढी तात्दा आगलागी भएको बताइएको छ । स्थानीय सुरक्षाकर्मी, दमकल र स्थानीयवासीले आगो निभाउने प्रयास गरेपछि करिब ४ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)