अफ्रिका–अमेरिकाको उच्च शिखरपछि सिर्पालीले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

अफ्रिका–अमेरिकाको उच्च शिखरपछि सिर्पालीले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण
सुन्नुहोस्

काभ्रे : रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-१० का बम बहादुर बिक (सिर्पाली)ले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। उनले जेठ ६ गते आइतबार बिहान ५ बजेर ५७ मिनेटमा सफल आरोहण गरेका हुन्।

सिर्पालीले यसअघि सात महादेशको उच्च शिखर मध्येको दु्ईवटा दक्षिण अमेरिकाको एकान्कागुवा र अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरोमा सफल आरोहण गरेका थिए। 

स्थानीय समय अनुसार २०२३ सेप्टेम्बर २७ को बिहान ६ बजेर १८ मिनेटमा तान्जनियाको किलिमन्जरोमा र ६ हजार ९ सय ६२ मिटरकझ एकान्कागुवा स्थानीय समय अनुसार २०२४ फेब्रुअरी १३ बिहान ९.५९ बजे सफल आरोहण गरेका थिए।

यसअघि उनले मनास्लु हिमाल र लोबुचे पिक पनि आरोहण गरिसकेका छन्। उनी हाल काभ्रेको खानीखोला गाउँपालिका नायब सुब्बा पदमा कार्यरत छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.