सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
सुन्नुहोस्

जनकपुरधाम : जिल्ला अदालत धनुषाबाट ३ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान भन्दै अदालतबाट थप ३ दिनको म्याद लिएको हो। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार कैलाश भट्टराईले बताए।

नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। अनुसन्धानका लागि धनुषा ल्याइएका सिरोहियालाई यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

यसअघि दिएको अनुमति जेठ १० गतेसम्म थियो। हिजो सार्वजनिक विदा परेकाले प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो। आज अदालतले जेठ १३ गतेसम्म हिरासतमा राख्ने अनुमति दिएको हो। उनलाई नागरिकता कीर्तेको आरोप लगाइएको छ। सिरोहियाले भने आफूले एउटामात्र नागरिकता लिएको र कुनै फेरबदल नगरेको प्रष्टीकरण दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.