त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
![त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो](https://annapurnapost.prixacdn.net/media/albums/Tribhuvan-International-Airport-TIA_20200323062432_izjrdB0g15_1MNHvYLnK4.jpg)
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधी घण्टा होल्ड भएका थिए।
प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो। रन वे -०२ को जमिन चर्किएपछि(क्रयाक) आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए।
थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)