विद्यार्थीलाई शैक्षिक सामग्री

विद्यार्थीलाई शैक्षिक सामग्री
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको सूर्यगढी गाउँपालिका-२ खट्पुरमा रहेको शिलाकन्यादेवी माविमा अध्ययनरत १७० विद्यार्थीहरुलाई ए स्कुल ब्यागका साथै स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरिएको छ। विद्यालयलाई फुटबल, भलिबल, नेट लगायतका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको छ। 

प्रतिनिधि सभा अर्जुननरसिंह केसीले कक्षा १ देखि १० सम्म अध्यनरत विद्यार्थीलाई एक/एक थान स्कुल ब्यागका साथै स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरे। 

विद्यार्थीहरुलाई झोला, स्टेसनरी, विद्यालयलाई खेलकुद सामग्रीहरु यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्ट लगायत ६ जना व्यक्तिको सहयोगमा प्रदान गरिएको हो। 

तारकेश्वर गाउँपालिका-४ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। शैक्षिक सहयोगी रामकाजी थापाले खेलकुद सामग्री विद्यालयका प्रधानाध्यापक सीताराम ओस्तीलाई हस्तान्तरण गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.