१२ हजार बढी बालबालिकालाई पोलियो खोप
![१२ हजार बढी बालबालिकालाई पोलियो खोप](https://annapurnapost.prixacdn.net/media/albums/1_eqxm1LUXsO_LWQh8cqEI6.jpg)
नुवाकोट : नुवाकोटमा पोलियो रोगविरुद्धको खोप आइपीभीको तयारी अन्तिम चरणमा पुगेको छ। खोप र जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ।
जिल्लामा १२ हजार २ सय ८० बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाउने जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। यसका लागि एक हजार जनशक्ति परिचालन हुने छन्।
जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले यसअघि ‘आइपीभी’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले अहिले अभियान सञ्चालन गरिएको जानकारी दिए।
खोप अभियानमा नुवाकोटका लागि एक हजार चार सय २१ विद्यालयका अतिरिक्त तीन सय १९ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने छ। उनले अभियानका लागि तीन सय १९ स्वास्थ्यकर्मी र ६ सय ३८ स्वयंसेविका परिचालन गरिने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)