पाँच वर्षपछि एकठाउँमा उभिँदैछन् चीन, जापान र कोरिया

पाँच वर्षपछि एकठाउँमा उभिँदैछन् चीन, जापान र कोरिया
सुन्नुहोस्

काठमाडौं : पाँच वर्षपछि दक्षिण कोरिया, चीन र जापानका नेताहरू एकठाउँ उभिने भएका छन्।  अर्को हप्ता दक्षिण कोरियाको सियोलमा त्रिपक्षीय शिखर सम्मेलन हुने भएको छ। 

कोरियाका राष्ट्रपति युन सुक युलले चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच त्रीपक्षीय भेटवार्ता हुने बताएका छन्। तीन देशका व्यापारीहरूलाई ‘प्रोत्साहित गर्ने’ एजेण्डामा उनीहरूबीच छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

पछिल्लोपटक तीन देशका नेताहरूबीच सन् २०१९ मा भेटवार्ता भएको थियो। कोरिया र जापानबीच सीमासम्बन्धी विवाद कायमै रहेको छ। एसियाका तीन ठूला देशका नेताहरूबीचको भेटले शक्तिशाली राष्ट्रहरूले चासो देखाइरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। 

'ताइवान' मामिलामा अमेरिका र चीनबीच ठूलो द्वन्द्व चल्दै आएको छ। चीनको ताइवान नीतिमा जापान र कोरियाको भूमिकाबारे अमेरिकालगायत शक्ति राष्ट्रहरूको ठूलो चासो रहेको समाचारहरूमा उल्लेख छ। यता कोरियाको विदेश मन्त्रालयले ‘एक चीन नीतिलाई सम्मान गर्ने’ बताएको छ। चीन नीतिमा ‘कुनै परिवर्तन नभएको’ कोरियाले धारणासमेत सार्वजनिक गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.