विद्यार्थीलाई सम्मान
कपिलवस्तु : चिकित्साशास्त्र अध्ययनका लागि एमबीबीएसतर्फको पढाईमा पूर्ण छात्रवृत्ति पाएर पढाइ सुरु गरेका जेहेन्दार छात्रलाई सम्मान गरिएको छ।
कपिलवस्तु नगरपालिका-२ रमतलहवा गाउँका विद्यार्थी रामबृक्ष रैदासलाई लुम्बिनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल लगायतले संयुक्त रुपमा प्रशंसा पत्रबाट सम्मान गरिएको छ।
गाउँको मजुदरी गरेर छाक टार्ने अति विपन्न परिवारका रामबृक्षको लगनशील र कडा मेहनतबाट सरकारको निःशुल्क कोटामा एमबीबीएसको पढाइ सुरु गरेको प्रति उनको हौसला बढाउन सम्मान कार्यक्रम गरिएको वडा नम्बर२ का पूर्व वडाध्यक्ष राम भजन कलवारले बताए।
कपिलवस्तु नगरपालिकाले २१ हजार, वडा नम्बर २ का पूर्व वडाध्यक्ष राम भजन कलवारले २१ हजार, पत्रकार गोपाल भण्डारीले ५ हजार ५ सय ५५, बुद्ध पद्म माविले ५ हजार, बुद्ध पद्म माविका प्राचार्य बाबुराम भण्डारीले ५ हजार र समाजसेवी मुख्तार अहमद खांले ५ हजार गरी ६२ हजार ५ सय रुपैया विद्यार्थी रामबृद्धलाई शैक्षिक सामग्री तथा खाजा खर्चका लागि सहयोग प्रदान गरेका छन्।