कांग्रेसका सांसद, सभापति, दाजु-भाउजुलगायतमाथि छानबिन गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती

कांग्रेसका सांसद, सभापति, दाजु-भाउजुलगायतमाथि छानबिन गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती

काठमाडौं : नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो स्वीकारोक्ति दिएको बताएका छन्। बिहीबार काठमाडौंमा नेविसंघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसदमा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफूमाथि लागेको आरोपको पनि घुमाउरो तरिकाले स्वीकारोक्ति दिएको बताएका हुन्।


कांग्रेसको सांसद, सभापति, दाजु भाउजु लगायतमाथि नामै लेखेर छानबिन गर्न उनले चुनौती दिए । शर्माले जोमाथि छानविन भएर दोषी देखिन्छ उही नै जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राखे। रवि लामिछानेलाई कांग्रेसले दोषी नभनेको स्पष्ट पार्दै उनले छानबिन समितिले निकाल्ने निष्कर्षलाई भने स्वीकार गर्न सक्नुपर्ने बताए।

उनले संसदीय छानबिन समिति गठनमा सत्तापक्षले सबैलाई एकमुष्ट छानबिन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिए । उनले विदेशीलाई सूचना बेच्ने गृहमन्त्रीको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.