अस्ट्रेलियामा भेटियो मानिसमा पहिलोपटक बर्ड फ्लु संक्रमण
![अस्ट्रेलियामा भेटियो मानिसमा पहिलोपटक बर्ड फ्लु संक्रमण](https://annapurnapost.prixacdn.net/media/albums/Birdf-58b1a6f3467ab0.24953657_CBHTZ9HVUc_etJlylKF1s.jpg)
मेलबर्न : अस्ट्रेलियामा बर्ड फ्लु अर्थात एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ ।
भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जाको यो केस यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो । गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्णरूपमा निको भइसकेका छन् ।
यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त केसको फैलावटको कुनै प्रमाण नभएको र थप मानव केसको सम्भावना धेरै कम रहेको बताएको छ ।
मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनशिप मेरिडिथ नजिकैको अण्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो । उक्त केस मानव केससँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ ।
एजेन्सीले विज्ञप्तिमा भन्यो, 'कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)