नेप्से लगातार उकालोतिर, ५ अर्ब ६८ करोडको सेयर कारोबार

नेप्से लगातार उकालोतिर, ५ अर्ब ६८ करोडको सेयर कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि  लगातार उकालो लागेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा कायम भएको छ। 

मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेको थियो।

दोहोरो अंकले बढेको बजारमा ३१८ स्क्रिप्सको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख८० हजार ९१२ रुपैयाँमा खरिदबिक्री भए। साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब २५ करोड र सोमबार ५ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामुदायिक लघुवित्त वित्तीय र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। यो कम्पनीको सेयर ८.०५ प्रतिशतले घट्यो।

कारोबारमा आएका ८१ स्टकको मूल्य बढ्दा १६१ वटाको मूल्य घट्यो। ५ स्टकको मूल्य भने आज स्थिर रह्यो। चारवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक भने नकारात्मक देखिएका छन्।
बैंकिङ,डेभलपमेन्ट,होटल्स एण्ड टुरिजम र म्यु्चुअल फण्डको सूचक सकारात्मक देखिएका अन्य समूहको उपसूचक भने राताम्मे देखिएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.