लगातार तेस्रो दिन सेयर बजारमा हरियाली, ५ अर्ब २० करोड कारोबार

लगातार तेस्रो दिन सेयर बजारमा हरियाली, ५ अर्ब २० करोड कारोबार

काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स  ३.५३ अंकले बढेर ३७७.६० विन्दुमा कायम भएको छ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख८ हजार १११ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जानकाी फाइनान्स,नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था,सामुदायिक लघुवित्त वित्तीय र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मध्य भोटेकोशी जलविद्युतको  सेयर ९.९६ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४  करोड  ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। 
यसअघि साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब २५ करोड र सोमबार ५ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड ९९ लाख,कालिका पावरको १२ लाख ३८ करोड,माउन्टेन इनर्जी र सिंगटी हाइड्रो पावरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो। डेभलपमेन्ट बैंक र ट्रेडिङ समूहको सूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।

कारोबारमा आएका स्टकमध्ये १९४ वटाको मूल्य बढ्दा ४३ वटाको घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.