म्याजिक एआई क्यामेरा फोन: अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु

म्याजिक एआई क्यामेरा फोन: अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु
सुन्नुहोस्

काठमाडौं : नेपालमा अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतिक्षित एआई फ्ल्यागसिप नेपालमा ल्याएको हो। यसको प्रि-बुकिङ मे २१ बाट सुरु भई ३१ मेसम्म जारी रहनेछ।  

प्रतिष्ठित अनर म्याजिक शृंखलाको फ्ल्यागशिप लाइनअपमा सबैभन्दा नयाँ थपिएको अनर म्याजिक६ प्रो जसले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन, र एआई-सञ्चालित प्रयोगकर्ता अनुभवहरूमा राम्रो तारिफ बटुलेको छ। 

अनर म्याजिक६ प्रो कालो र एपी ग्रीन गरि दुई सुन्दर रंगमा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउदछ। यो फोन (१२+५१२) जीबी भेरियन्टमा आउँछ। जसको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। फोन प्रि-अर्डर गरेका ग्राहकहरूले २१ हजार ९९० रुपैयाँ मूल्यको अनर Watch 4 नि:शुल्क प्राप्त गर्नेछन्। 

साथै VIP कार्ड पनि प्राप्त हुनेछ जसमा १ वर्षको लागि नि:शुल्क सेवाहरू, अनर मोडेल मा छुट र अन्य धेरै सुविधाहरू समावेश छन्। ग्राहकहरूले यसलाई अफलाइन रिटेल स्टोरहरू र दराज र HUKUT जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि खरिद गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.