सरकारमा नहुँदा कांग्रेस बगरमा निकालेको माछाजस्तो भट्याकभट्याक गर्छ : ओली

सरकारमा नहुँदा कांग्रेस बगरमा निकालेको माछाजस्तो भट्याकभट्याक गर्छ : ओली
सुन्नुहोस्

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन्। 

‘कांग्रेसले अचम्मको अवस्था बनाएको छ,’ विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले भने, ‘कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास र मूल्य मान्यतामा आउनु पर्‍यो।’ 

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सरकारमा नहुँदा छटपटाउनु र पानीबाट बगरमा निकालेको माछाजस्तो भट्याकभट्याक गरेर कांग्रेसले अच्चमको अवस्था बनाएको उनको भनाइ छ। 

‘कुनै विषयमा चित्त नबुझेमा अदालतमा मुद्दा हाल्दा हुन्छ। तर, कांग्रेसले यता भेट्यो यतै टोक्छ, उता भेट्यो उतै टोक्छ। जत फर्कियो, जसलाई देख्यो त्यता टोक्छ,’ ओलीले भने, ‘कांग्रेस आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ। आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने गाली गर्छ, मुख छाड्छ, बेइजेत गर्छ। कसैको इज्जत राख्दैन।’

कांग्रेसले संविधान जारी भएदेखि नै सहकार्य तोडेको उनको आरोप छ। ‘संविधान जारी भएपछि कार्यान्वयनका लागि सहमति आवश्यक थियो। त्यसका लागि हामीले प्रयास गर्‍यौं। तर, कांग्रेसले बाटो छाड्यो,’ ओलीले भने, ‘अब केका लागि मिल्ने ? कसका लागि मिल्ने ? कसरी मिल्ने ?’ सोचहरु र संकल्पमा एकरुपता ल्याएर लोकतान्त्रिक मूल्य मान्यतामा अडिने कुरामा सहमति तथा सहकार्य हुनुपर्ने भए पनि कांग्रेसले गहिराइमै पुग्न नचाहेको उनको जिकिर छ। कांग्रेसलाई सत्ताभन्दा अरु केही नचाहिएको ओलीको आरोप छ।

प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनेपछि लिनैपर्ने अवस्था रहेको भन्दै उनले भने, ‘कांग्रेसले जेठ ५ गते सहमति गर्‍यो। ६ गते बिहान उल्टायो। मुलुकको स्थायित्व र विकासतर्फ कांग्रेसको रुची छैन। रातभरि डेढ वर्षका लागि प्रधानमन्त्री भइदेउ भन्छ, अनि नमानेपछि भोलिपल्टबाट भ्रष्टाचारी भन्न थाल्छ।’ 

ओलीले जेठ ५ गते बेलुकाको सहमति अनुसार हो भने संसदीय छानबिन समिति बन्ने बताए। एमाले सत्ताका लागि मात्रै नभइ लोकतान्त्रिक मूल्य मान्यता र सुशासनको बाटोमा अगाडि बढेर जनताको समस्यालाई सम्बोधन गरौंभन्ने पक्षमा रहेको उनको जिकिर छ। 

ओलीले राष्ट्रिय राजनीतिमा अनेक समस्या देखा परिरहेको पनि बताए। ‘अहिले धेरै समस्याहरु आएका छन्। साम्प्रदायिकताका समस्या छन्। प्रतिगमनका आवाजहरु उठेका छन्। प्रतिगामी शक्तिहरु हौसिएका छन्। बाह्य हस्तक्षेप बढ्दो देखिन्छ,’ उनले भने, ‘यी समस्यालाई ध्यानमा राखेर राष्ट्र एक ठाउँमा उभिने। राष्ट्रलाई एक ठाउँमा उभ्याउने। र आधारभूत कुरामा एक ठाउँमा उभिएर स्वस्थ्य प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ। तर, त्यो कांग्रेसले बुझ्नै सकेन।’ 

कांग्रेसको अवरोधबीच बजेट कसरी पास गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म घेराउमा बजेट पास भएका छैनन् ? १२ पल्ट हामीले घेराउ गर्दागर्दै बजेट पास भएका छन्। त्यतिबेला प्रतिपक्षले यसरी घेराउ गर्नै हुँदैन भन्नु हुन्थ्यो। अहिले अघिल्लो दिन सहमति हुन्छ, अनि भोलिपल्ट तोडिन्छ। सहमति कसले तोडेको हो ?’  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.