वीरगन्जमा आयोजित घोडा दौड प्रतियोगितमा बिहारको घोडा प्रथम

वीरगन्जमा आयोजित घोडा दौड प्रतियोगितमा बिहारको घोडा प्रथम
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा पहिलो पटक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। वीरगन्ज-१६ नगवामा आइतबार विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले आयोजना गरेको घोडा दौड प्रतियोगितामा भारत बिहारको मोतिहारीका नन्दकिशोर सहनीको घोडा प्रथम भएको छ।

यस्तै भारत बिहारकै रामगढवा भेडिहारीका जोगिन्द्र यादवको घोडा दोस्रो र नेपालको बाराको कलैया सिसवा महेशपुरका कृष्ण मुरारी यादवको घोडा तेस्रो भएको छ।

पाँच किलोमिटर दुरीको घोडा प्रतियोगितामा प्रथम भएको घोडसवार (घोडा धनी)लाई ४० लिटरको कुलर, दोस्रो हुन सफल घोडसवारलाई ३० लिटरको कुलर र तेस्रो स्थान प्राप्त घोडसवारलाई स्टयान्ड फ्यान पुरस्कार प्रदान गरिएको मञ्चका पर्सा अध्यक्ष हरिन्द्र यादवले बताए।

नगवामा आयोजित नौं दिने शिवशक्ती रुद्र महायज्ञका अवसरमा आयोजित घोडा दौड प्रतियोगितामा नेपाल र भारतका गरी २५ वटा घोडाले भाग लिएका थिए।

घोडा दौड प्रतियोगिताको उद्घाटन मधेश प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.