डिफेन्डिङ च्याम्पियन बाल जीवनलाई लिगको उपाधि

डिफेन्डिङ च्याम्पियन बाल जीवनलाई लिगको उपाधि
सुन्नुहोस्

बागलुङ : डिफेन्डिङ च्याम्पियन बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ)ले जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। आइतबार बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा सुरुवातमै एक गोलले पछि परेको बाल जीवनले उत्कृष्ट पुनरागमन गर्दै पावर फिटनेस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। 

पावर फिटनेसले पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो लामो समय भने टिक्न सकेन। बाल जीवनका डिफेन्डरको गल्तीमा प्राप्त गरेको बललाई बरदानले वान भर्सेज वानमा उत्कृष्ट फिनिसिङ गरेका थिए। बाल जीवनको लागि पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको सातौं मिनेटमा मिलन थापाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा भने पावर फिटनेसले लगातार दुई गोल खान पुग्यो। बालजीवनका मिलनले खेलको ४५ औं मिनेटमा डिबक्स भित्र प्राप्त बललाई उत्कृष्ट गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। बाल जीवनका विपुल कार्कीले दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

लिग विजेता बालजीवनले नगद ७५ हजारसहित ट्रफी, मेडल र प्राप्त गर्दा उपविजेतामा सीमित पावर फिटनेसले ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै विधागत पुरस्कारमा पनि बाल जीवनका खेलाडीको वर्चस्व रह्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पावर फिटनेसका वरदान थापा घोषित भएका छन्। 

बालजीवनका सौगात खड्का उत्कृष्ट गोलरक्षक, धनेन्द्र क्षेत्री उत्कृष्ट रक्षापंक्ति, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ गोल गरेका निश्चल महतले उच्च गोलकर्ता र बागलुङ भगवती युवा क्लब (बागलुङ सुधार केन्द्र) ले फेयर प्लेको पुरस्कार जितेको आयोजक जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए। अध्यक्ष राजभण्डारीले सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुले जनही ५/५ हजार रुपैयाँ प्राप्त गरेको जानकारी दिए।

विजेता टोलीलाई गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नम्बर १ का वडासदस्य सोम बोहरा लगायतले पुरस्कार वितरण गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.