बुटवलमा मापदण्ड विपरीतका दुई मासु पसललाई जरिवाना

बुटवलमा मापदण्ड विपरीतका दुई मासु पसललाई जरिवाना
सुन्नुहोस्

बुटवल : बुटवल उपमहानगरपालिकाले मापदण्ड मिचेर मासु बिक्री गर्ने दुई पसललाई कारबाही गरेको छ। शुक्रबार गरिएको अनुगमनका क्रममा खसी बोकाको भनेर बाख्रीको मासु बिक्री गर्ने र अनुमति नलिएको स्थानमा बध सञ्चालन गर्ने मासु पसललाई १०/१० हजार रुपैयाँ जरिवाना गरिएको हो। 

पुरानो बसपार्क नजिकै रहेको न्यु मेहेदी मासु पसल र बुटवल–१ स्थित पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी  गराए।

उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बधस्थल बनाएको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलोपटक नगदसहित जरिवाना गराइएको बताइन्। 

अनुगमन समितिको बैठकले दुई मासु पसललाई व्यवस्थित गर्न सचेत गराउँदै एक हप्ताभित्र व्यवस्थित गर्न र तिनाउ पुलमुनिबाट पसल अन्यत्र सार्न निर्देशन समेत दिएको छ। मासु बिक्री वितरण गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी व्यवसाय सञ्चालन हुँदै आइरहेको बारे गुनासो आइरहेको उपप्रमुख अर्यालको भनाइ छ। 

बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन् २०७९ अनुसार बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने प्रावधान बनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.