५ लाख बराबरको कपडा बरामद

५ लाख बराबरको कपडा बरामद
सुन्नुहोस्

परासी : नवलपरासीको महेशपुर भन्सार कार्यालयले ५ लाख बराबरको कपडा बरामद गरेको छ। भारतबाट ल्याएका उक्त कपडा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा शुक्रबार दिउँसो गएको भन्सार कार्यालयको गस्ती टोलीले बर्दघाट नगरपालिकाको चिसापानीबाट बरामद गरेको भन्सार कार्यालयका प्रमुख बुद्धिबहादुर चुडालले जानकारी दिए। 

चिसापानी हस्पिटल पछाडिको सडक किनारमा रोकी राखेको जीपमा लोड गरी अन्यत्र पठाउने उद्देश्यले जीप नजिक रहेको खाली ठाउँमा बोरामा लुकाएर राखेको अवस्थामा कपडा बरामद गरिएको चुडालले बताए। कपडा लोड गर्नका लागि बसेका व्यक्तिहरू भन्सारको गाडी देखेपछि भागेको उनले बताए। 

बरामद भएका कपडामा रेडिमेड लेडिज कुर्ता सुरुवाल, लुङ्गी, ब्लाउजका थान कपडा रहेका छन्। बरामद कपडाको मूल्य ४ लाख ९० हजार कायम गरी लिलाम प्रक्रिया अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ। 

पछिल्लो पटक भारतीय सीमावर्ती क्षेत्र भूजहवा, बलिनगर, झोलनीपुरलगायतका नाकाबाट कपडा, कुखुरा र खाद्यान्नको तस्करी  बढेको स्थानीयले बताएका छन्। तस्करी बढेको गुनासो आएपछि कार्यालयबाट गस्ती गर्ने कार्यलाई बढाइएको भन्सार कार्यालयले दाबी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.