काभ्रेमा मोटरसाइकल चोरी गरेको आरोपमा चार पक्राउ

काभ्रेमा मोटरसाइकल चोरी गरेको आरोपमा चार पक्राउ
सुन्नुहोस्

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ गरेर सार्वजनिक गरिएको छ। 

चोरीको आरोपमा जिल्लाको महाभारत गाउँपालिका–६ का होइसेर थिङ, सोही स्थानका मोहन स्याङतान, अनिल स्याङतान र रामेछाप खाडादेवी- १ का गर्जन दियाली रहेका छन्। इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले टोलीले बनेपा बसपार्कमा बिना हेल्मेट मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरेको हो। 

दियाली बनेपाको धनेश्वार क्षेत्र बाट मोटारसाइकल ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका चार जनालाई चोरी कसुरमा काभ्रे जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

बागमती प्रदेश ०२–०१७ प ११०२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र बा ४६ प ३३६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरिएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.