घट्यो १० प्रतिशत ब्रोकर कमिसन, सेयर कारोबारमा प्रोत्साहन

घट्यो १० प्रतिशत ब्रोकर कमिसन, सेयर कारोबारमा प्रोत्साहन
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबारलाई प्रोत्साहन हुने गरी धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ। सीडीएस एण्ड क्लियरिङकाअनुसार मंगलबारदेखिको कारोबारमा घटेको ब्रोकर कमिसन कार्यान्वयनमा ल्याएको हो। 

यसअघि लागू भएको ब्रोकर कमिसनमा हाल भने १० प्रतिशत घटाइएको छ। ब्रोकर कम्पनीहरुले आफूले पाउने कमिसनबाट नेपाल स्टक एक्स्चेन्ज(नेप्से) लाई २० प्रतिशत रकम छुट्टै बुझाउँदै आएका थिए। तर अब ब्रोकर कम्पनीहरुको कमिसन घटेसकाले नेप्सेले पाउने कमिसनमा पनि कमी आएको छ। 

प्रणालीमा नयाँ कमिसन दर राखेर सफल परीक्षण पनि गरेको छ। अब लगानीकर्ताले शेयर कारोबारमा अधिकतम ०.३६ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ। अघिल्ला पटक ब्रोकर कमिसन ०.४० प्रतिशत थियो। अर्कोतर्फ ब्रोकर कमिसनको तल्लो सीमा ०.२४ प्रतिशतमा कम भएको छ। 

यससँगै कारोबार रकमका आधारमा ५० हजार रुपैयाँसम्ममा  ०.३६ प्रतिशत ब्रोकर कमिसन दर तिर्नुपर्ने छ। यसबाहेक ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.३३ प्रतिशतसम्म तिर्नुपर्ने छ। 

यसपछि ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका लागि ०.३१ प्रतिशत तिर्नुपर्ने छ। यसमाथिको २० लाख रुपैयाँदेखि १ करोडसम्मका लागि ०.२७ प्रतिशत कमिसनवापत शुल्क लाग्छ। अझ १ करोडमाथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्ने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.