कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्‍वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्‍वासको मत

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका कार्कीले सदनबाट आफूलाई बहुमत सिद्ध गरेका हुन् । संविधानको धारा १६८ (५) अनुसार गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार आज विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिए । ६२ उपस्थित रहेको प्रदेशसभामा नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन र जनता समाजवादी नेपालका एक प्रदेशसभाले मत दिए ।

उनको पक्षमा ५७ मत खस्यो भने विपक्षमा कसैले पनि मतदान गरेनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मतदान प्रक्रिया नै बहिस्कार गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद  तटस्थ बसे ।

कोशी प्रदेश सरकारको गठनबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिन लागेकोमा विमति जनाएको कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेको हो ।आजै संसदीय दलको बैठक बसेर कांग्रेस यस्तो निधोमा पुगेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनेगरी प्रस्तावको सूचना प्रदेशसभामा दिएका थिए । सोहीअनुरूप मुख्यमन्त्री कार्कीले आफूलाई सदनबाट बहुमत सिद्ध गरेका हुन् ।

कोशी प्रदेशसभामा ९३ सांसदमध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसदको प्रतिनिधित्व छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.