कोशीको प्रदेशसभा बैठक बस्न किन ढिलाइ ?

बैठक अवरोध गर्ने कांग्रेसको तयारी

कोशीको प्रदेशसभा बैठक बस्न किन ढिलाइ ?
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोशीको प्रदेशसभा बैठक बस्न सकिरहेको छैन । बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन। बजेट अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

तर ,नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दललाई केन्द्रीय पदाधिकारी बैठकले प्रदेशसभा अवरुद्ध गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतमा सरकार गठनको विषय विचाराधीन रहेको भन्दै केन्द्रीय पदाधिकारी बैठकले प्रदेशसभा अवरुद्ध गर्न निर्देशन दिएपछि प्रदेशसभाको बैठक बस्न नसकेको बताइएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सन्देश लिएर आउँदै गरेको एक सांसदले बताए । कांग्रेस प्रदेशसभा सदस्यहरू सन्देशको प्रतीक्षामा रहेको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.