कृषि फार्ममा आगलागीबाट ६ लाखको क्षति

कृषि फार्ममा आगलागीबाट ६ लाखको क्षति
आगोले जलेर क्षतिग्रस्त बनेको मोटरसाइकल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–६ सखुवाटोकीमा रहेको एउटा कृषि फार्ममा आगलागी भएको छ । सञ्जय चौधरीले सञ्चालन गर्दै आएको किवान्स कृषि फार्ममा शनिबार राति ९ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

उनका अनुसार आगोले कृषि फार्म र त्यहाँभित्र रहेका अन्नपात,भाँडावर्तन,लत्ताकपडा, कम्प्युटर, बा ५२ प ११८ नम्बरको मोटरसाइकलसहित नगद ४७ हजार रूपैयाँजति रकम जलेको छ । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने बस्नेतले बताए । उनका अनुसार प्रहरी,स्थानीय  र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा ६ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । आगलागीमा मानवीय तथा चौपाया क्षति भने भएन । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.