![मेरो महसुस](https://annapurnapost.prixacdn.net/media/albums/Thinking-mind_20210611041134_n7VFKBhRb5_uFbx0E7LNo.jpg)
म तिमीलाई महसुस गर्छु
मखमली फूलबाट बास्ना बोकेर
कुनै पागलप्रेमी कविको कविताको
सबैभन्दा सुन्दर अंशहरू अथवा
यसो भनौं परदेसिएको युवकले
आफ्नो गाउँ पुग्दा पाएको अपूर्व आनन्द
वा, तिर्खाले छट्पटिएको चराले
पानी भेटेर मनमौजी नुहाएको दृश्य।
मेरो महसुसम तिमीलाई महसुस गर्छु
सताउने यादहरू तिम्रै हुन्
एउटी बंैसालु ग्रामीण युवतीको लज्जालु मुस्कान
देशका लागि केही गर्छु भन्ने हुटहुटीले
अप्रत्याशित पहिलो जित निकालेको
युवा नेतृत्वको पहिलो भाषण
हराएको बहुमूल्य चिज एक्कासि
वर्षौंपछि पाउँदाको खुसीमा
बुल्किएको मनको तरंग
अथवा यसो भनौं
हरेक पल्ट आउने बाडुलीपश्चात्
हुने तिम्रो जबर्जस्त उपस्थिति !
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)