इलाम-२ को उपनिर्वाचन : मिलन लिम्बुभन्दा डकेन्द्र सिंह थेगिम २८९६ मतले अगाडि
काठमाडौं : इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले निरन्तर चौथो स्थानमा रहेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले सुरुवातदेखि नै उनलाई उछिनिरहेका छन्। थेगिमले ४०५८ मत ल्याउँदा लिम्बुले ११६२ मत ल्याएका छन्।
इलाम २ मा सुरुवातमा कांग्रेसका डम्बर खड्काले अग्रता लिएपनि अहिले भने एमालेका सुहाङ नेम्वाङले निरन्तर मतान्तर बढाएका छन्।
१८ हजार ९४८ मत सदर हुँदा नेम्वाङले ७ हजार ६७७ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२८२ मतले अघि छन्।
शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए।