इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।
१७ हजार ३७५ मत सदर हुँदा नेम्वाङले ७ हजार ३३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार १०९ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ १९२४ मतले अघि छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३५१३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११०२ मत ल्याएका छन्। शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए।