उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
![उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति](https://annapurnapost.prixacdn.net/media/albums/Rastrapati_Ramchandra-paudel_GulocN7DbR_pCbGv34zXa.jpg)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले बिहीबार सेना परिचालनको स्वीकृति दिएका हुन्।
उनले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)