मेडिकल पसलमा प्रहरीको छापा

मेडिकल पसलमा प्रहरीको छापा
सुन्नुहोस्

काठमाडौं : काठमाडौं उपत्यकामा मेडिकल पसल सञ्चालन गरी नियन्त्रित ला औषधको रूपमा प्रयोग हुने औषधि बिक्री वितरण गर्ने मेडिकलमा प्रहरीले छापा हानेको छ। औषधि व्यवस्था विभाग र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको टोलीले भक्तपुर र कागेस्वरीको दुईवटा मेडिकलमा चेकजाच गरेको छ।

 
चेकजाचका क्रममा भक्तपुरको बोडेमा रहेको टिसा फार्मेसीका सञ्चालन राजु सिपाई र त्यहाँ कार्यरत सर्लाहीका सतेन्द्र यादव पक्राउ परेका छन्। त्यस्तैगरी काठमांडौ कागेस्वरीमा रहेको गोगो फार्मेसीका सञ्चालक निरस कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता रामेश्वर कार्कीका अनुसार व्युरोलाई आएको गोप्य सूचनाको आधारमा त्यहाँको टोली र औषधि व्यवस्था विभागबाट संयुक्तरूपमा खटिएको टोलीले फार्मेसीमा छापा मारेको थियो। उनीहरूलाई थप अनुसन्धान गर्नका लागि औषधि व्यवस्था विभागमा पठाइएको छ। उक्त मेडिकल पसलबाट नियन्त्रित लागुऔषधको रुपमा प्रयोग हुने विभिन्न ९ प्रकारका औषधिहरू बरामद गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.