डकेन्द्रलाई भोट माग्न राजेश पायलसहितका कलाकार इलाममा
![डकेन्द्रलाई भोट माग्न राजेश पायलसहितका कलाकार इलाममा](https://annapurnapost.prixacdn.net/media/albums/rajesh-payal-rai-58b904a4d13b60.40104892_mcs5UOWlyW_MOBWrQYy8W.jpg)
चुलाचुली (इलाम) : इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको पक्षमा मत माग्न गायक राजेश पायल राई सहितका कलाकार उनको चुनावी क्षेत्रमा आएका छन्।
गयक राई, लाहुरे , एकदेव लिम्बु, सुनिता थेगिमदेखि धरान उप महानगरपालिकाका मेयर हर्क साङपाङसहितको समुहले इलामको चुलाचुली गाउँपालिका ४ आइतबारेमा आज हुने सभामा प्रस्तुति दिने थेगिमका छोरा गायक एकदेव लिम्बुले जानकारी दिए।
उनले भने, ‘माहोल राम्रो छ, यो कार्यक्रमले थप उर्जा थप्ने छ।’ ६८ वर्षको उमेरमा पनि उनी इलाम २ उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेद्वारको रुपमा उभिएका छन्। प्रतिस्पर्धी १९ उम्मेद्वारमध्ये थेगिङ जेठा उम्मेदवार हुन्। उनि भन्छन्, ‘पहिचान र विकासको एजेण्डालाईसँगै लैजाने योजनामा छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)