मधेश प्रदेशमा पूर्वाधार निर्माणका कामले गति लिइसक्यो : मन्त्री यादव
![मधेश प्रदेशमा पूर्वाधार निर्माणका कामले गति लिइसक्यो : मन्त्री यादव](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Nz1y0rht6M_gHQIe35j3u.jpg)
ढल्केवर(धनुषा) : मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले पूर्वाधार विकासमा पछाडि परेको मधेश प्रदेशमा पछिल्लो समय पूर्वाधार निर्माणका कामले गति लिएको बताएका छन्।
मंगलबार महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ र २ मा नाला(ढल) निर्माणको शिलान्यास गर्दै उनले मधेश प्रदेशमा पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका हुन्।
उनले भौतिक पूर्वाधारको निर्माणसँगै प्रदेशवासीमा आशा पलाएको बताए। पूर्वाधार निर्माण प्रदेशको आर्थिक सामाजिक रुपान्तरणसँग जोडिएको विषयसमेत भएको सुनाउँदै मन्त्री यादवले भने, ‘प्रदेशको अन्य भूभागसँग औरही नगरपालिकामा पनि सडक, नाला, विद्यालय भवनलगायत थुप्रै पूर्वाधार निर्माणका काम भइरहेको छ। आउँदो आर्थिक वर्षमा यस ठाउँका लागि थप विकास बजेट विनियोजन गराउँछु।’
प्रदेश सरकारको ४० लाख रुपैयाँको लागतमा २१४ मिटर लामो नाला निर्माण हुन लागेको हो। प्रदेश सरकारले नाला निर्माणका लागि तत्काल ४० लाख रुपैयाँ उपलब्ध गराए पनि एक साताभित्र थप ३५ लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री यादवले प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)