राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना
![राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना](https://annapurnapost.prixacdn.net/media/albums/RSS_KTM_PRESIDENTOFFICE_QATAR_KINGIMG-20240423-WA00172_RQQWJ4E2rS_C2789ZsfvL.jpg)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्।
सोल्टी होटलमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत नेपालका उच्चपदस्थ व्यक्तिहरू सहभागी छन्। राजा थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका हुन्। उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)