युवाका मार्गदर्शक बन्दै कालीकोटका धिरेन

युवाका मार्गदर्शक बन्दै कालीकोटका धिरेन
सुन्नुहोस्

कालीकोट : कालीकोट पलाँता ९ का युवा धिरेन बमले २०६० सालको वीरेन्द्रकप खेल्ने अवसर पाए। त्यतीबेला उनी १५ वर्षको थिए। त्यतीबेला कालीकोटमा सामान्य रुपमा भलिबलसम्म खेलिन्थ्यो। अभिभावकले भलिबल खेलेको त्यति राम्रो मान्दैनन् थिए। ‘म सानैदेखि टिकापुर बसेकाले फुटबल खेल देख्ने र खेल्ने अवसर पाएँ। फुटबलका विषयमा जानकारी खासै थिएन। त्यतीबेला वीरेन्द्रकप हुन्थ्यो,’ उनले भने। उनको दाइ पनि फुटबल खेलाडी थिए। जसको कारण उनलाई यस क्षेत्रमा आउन सहज भयो। 

‘गाउँमा काम नपाएर खेल खेल्ने भन्थे। तर म टिकापुर बस्ने भएकाले मैले त्यति परिवारबाट अवरोध भएन। तर पनि आमाले मलाई राम्रो पढेर सरकारी जागिर खाइदिए भन्नुहुथ्यो। मेरो दाइ दीपक पनि फुटबल खेल्नुहुन्थ्यो। उहाँ धेरै राम्रो खेलाडी हुनुहुन्थ्यो। उहाँले विभिन्न प्रतियोगितामा गएर मेडल ल्याएको देख्दा आफूलाई पनि फुटबलतिरै जान मन लाग्यो। मैले पनि फुटबल खेललाई नै आफ्नो पेशा बनाउने सोच बनाएँ। २०६० सालको वीरेन्द्रकपमा हामीले पराजय भोग्यौँ। त्यसले थप खेल प्रति इगो जस्तो बन्यो। त्यसपछि म फुटबलबाट टाढा हुन सकिन।’
 

२०६० देखि २०६६ सालसम्म टिकापुरमै रहेर लगातार उनले फुटबल खेले। उनी ११ र १२ पढ्नका लागि काठमाडौं आए। फाटफुट रुपमा उनले खेल खेलिरहे। २०६८ सालमाउनी कालीकोट फर्किए। ‘मैले कालीकोट आउँदा जिल्लामा फुटबल खेललाई स्थापित गर्नुपर्छ भन्ने सोच बनाएँ। कालीकोटमा फुटबल खेलको प्रतियोगिता थालनी गरेँ,’ उनले भने, २०६८ सालबाट कालीकोटको विकट क्षेत्र पलाँताको थिर्पुमा बसेर घाटा चौरमा फुटबल ग्राउन्ड आफैं निर्माण गरी खेल खेल्ने र खेलाउन थालेँ। जसले जिल्लामै पहिलो २०७१ सालमा घाटा चौरमा दशैं र तिहारको उपलक्ष्यमा जिल्ला स्तरीय खुला फुटबल प्रतियोगिता आयोजना भयो।’
 
गाउँमा खेल खेल्ने मान्छेलाई राम्रो नमान्ने समाजमा उनले ठूलो प्रतियोगिता आयोजना गरे। धेरैले सहयोग पनि गरेनन्।  कत्तिले त पत्याएनन्। तर पनि उक्त प्रतियोगिता सम्पन्न भयो। ‘यसले मेरो फुटबल जीवनमा थप उत्साह जगायो। २०७१ र २०७२ सालमा घाटा चौरमै खुला फुटबल प्रतियोगिता सम्पन्न गर्‍यो। त्यसबाट मैले जिल्लाबाट उत्कृष्ट खेलाडीका रुपमा क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिने अवसर पाएँ। खेल खेल्दै गर्दा मैले बेलायती र भारतीय सेनाका लागि पनि प्रयास नगरेको होइन। तर सफल हुन सकिन। त्यसपछि मलाई थप फुटबलमै लाग्ने योजना बन्यो।’ 

उनले २०७१ देखि २०८० असोजसम्म निरन्तर फुटबल खेले। उनले फुटबलबाट राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रदेशबाट पनि खेले। फुटबलसँगै एथ्लेक्टिस, ट्रयाथ्र्लेन खेलमा पनि भाग लिए। तर  स्वास्थ्यको समस्याका कारण उनले २०८० असोजमा जिल्लामा आयोजना भएको प्रेम स्मृति गोल्डकप खेलेर सन्यास लिए। उनले थपे, ‘मैले २०६० सालदेखि २०८० सम्म २० वर्ष फुटबल खेलमै समय बिताएँ। अहिले अन्य क्षेत्रमा लाग्न मन पनि भएन। त्यसैले विगतमा आफूले फुटबल खेले, अहिले अरू भावी पुस्तालाई खेलाउँछु भनेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा मेरो दाइ युद्ध शाहीसँगको सहकार्यमा फुटबल एकेडमी र फुटसल सञ्चालनमा ल्याएका छौँ।’
 
उनले अहिले कर्णाली प्रदेशमा फुटबलप्रति आकर्षण बढाउने र खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई दाजु भाइको सहकार्यमा फुटबल एकेडमी सञ्चालन ल्याएका छन्। उनले भने, ‘त्यसमा हरेक नागरिकलाई स्वस्थ राख्न र बालबालिकाहरूलाई कुलतबाट जोगाई खेल प्रति आकर्षण गर्नु नै हो। मेरो दाइ युद्ध शाही त्रिभुवन आर्मी क्लबबाट विगत १७ वर्षदेखि फुटबल खेलिरहेको खेलाडी हो। त्यसैले यो एकेडमी सञ्चालनमा उनले सहयोग गर्नुभयो।’ 

उनी पहिले खेलाडी थिए। खेल खेल्ने नै उनको लक्ष्य थियो। अब उनी खेल नखेल्ने र अरूलाई खेलाउने भूमिका निर्वाह गर्दैछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.