कतारका राजालाई भब्य स्वागत (फोटो फिचर)

कतारका राजालाई भब्य स्वागत (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीलाई भब्य स्वागत गरिएको छ। नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वागत गरे। राजा थानीलाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

राजा थानीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो। कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। 

अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्दैछन्। भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ। नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.