संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन एकजुट बनौं  : प्रधानमन्त्री

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन एकजुट बनौं  : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन सबै एकजुट हुन आग्रह गरेका छन्। सोमबार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशमा लोकतन्त्र स्थापना र जनतालाई सामाजिक न्याय प्रदान  गर्न सबैको योगदान रहेको बताउँदै लोकतन्त्र कार्यान्वयनमा पनि एकजुट हुन आग्रह गरेका हुन्।

उनले अहिले पनि मुलुकको परिवर्तनलाई प्रहार गर्ने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध लोकतन्त्रलाइ सुदृढ गराउने चु्नौति सबै दलहरूमाथि रहेको धारणा राखे । सबै दलहरुले एकअर्काका योगदानहरूलाई सम्मान गर्दै विगतका कमिकमजोरीहरुलाई हटाउन समीक्षा गर्नुपर्ने उनले बताए ।

आगामी दिनमा अझ उन्नत विचार विकास गरेर जनता राष्ट्रको पक्षमा उभिने संकल्प गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै प्रचण्डले कम्युनिष्टहरूबीचको एकताले उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेपनि विभाजित भएपछिको तिता अनुभव रहेको भन्दै पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्ष नरहेको स्पष्ट पारे।

'देशमा लोकतन्त्र स्थापना र जनतालाई सामाजिक न्याय र समृद्धि दिनेमा हामी सबैको सकारात्मक योगदान छन्। हामीले सबैले एकअर्काका योगदानहरूलाई सम्मान  गर्ने एकअर्कालाई सकारात्मक कुराहरुबाट सिक्ने र एकअर्कासँग  बसेर समीक्षा गरेर कमजोरीहरूलाई हटाउनुपर्छ। कम्युनिष्ट पार्टीमा रहेकाहरूको मुख्य जिम्मेवारी राम्रा र कमजोरीहरूको समीक्षा गरौं,'प्रधानमन्त्री प्रचण्डले भने,' आगामी दिनमा अझ उन्नत विचार विकास गरेर जनता राष्ट्रको पक्षमा उभिने संकल्प गरौं।'

उनले विभिन्न उतारचढावबीच अहिले सहकार्य गर्ने वातावरण तयार भएको र यसबाट देश र जनतालाई राम्रो सेवा हुनसके राजनीतिक दलहरुबीच एकताको आधार तय हुने धारणा राखे । प्रचण्डले संविधान कार्यान्वयन र समाजवादको आधार तयार गर्ने बिन्दुमा रहेकाले इमान्दार पूर्वक लाग्नुपर्ने भन्दै अहिले पनि कम्युनिष्ट पार्टीहरु एक हुने हो भने निर्णायक शक्ति बन्ने जिकिर गरे।

प्रधानमन्त्री प्रचण्डले सफलता र असफलताको समीक्षा गर्दै समाजवादलाई नयाँ चरणमा पुर्‍याउनुपर्ने औंल्याए।  संविधानको कार्यान्वयन र समाजवादको आधार तयार पार्ने कुरामा इमान्दारका साथ लाग्नुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.