मन्त्रिपरिषदको बैठक आज बस्दै, अध्यादेश ल्याउने तयारी

मन्त्रिपरिषदको बैठक आज बस्दै, अध्यादेश ल्याउने तयारी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित काम कारबाहीको विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको बैठकमा लगानीमैत्री वातावरण बनाउन केही ऐनहरु संशोधनको लागि अध्यादेशसमेत ल्याउने सम्भावना छ।

सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ। ‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले धनगढीमा आइतबार भनेका थिए, ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ।’  

संसद सूचारु नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ। सरकारले  वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.