चामलको बोराभित्र लागुऔषध : एकपटक काठमाडौं पुर्‍याएको १० हजार

चामलको बोराभित्र लागुऔषध : एकपटक काठमाडौं पुर्‍याएको १० हजार
सुन्नुहोस्

काठमाडौं : सप्तरीका रामलोचन मुखिया किसान हुन्। उनी बेलाबेला १/२ बोरा चामल बोकेर काठमाडौं आउने गर्थे। यसपटक पनि उनी बिहीबार २ बोरा चामल बोकेर काठमाडौं आउने बस चढे। तर सधैंझैँ उनी गन्तव्यमा भने पुग्न पाएनन्। नागढुंगामा चेकजाचका क्रममा उनी प्रहरीको फन्दामा परे। उनले ल्याएको चामलको बोरामा लागुऔषध फेला पर्‍यो। 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीका अनुसार मुखियाले चामलको बोरामा लुकाएर एम्पुल र नाईट्रोभेट ल्याएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार मुखियाले सप्तरीबाट एकपटक लागुऔषध ल्याएबापत १० हजार पाउने रहेछन्। यही प्रलोभनमा उनले पटक पटक लागुऔषध ओसारपसार गर्ने गर्थे। 

‘बयानमा क्रममा मुखियाले पैसाको प्रलोभनमा चामलको बोराभित्र लागुऔषध ल्याएको स्वीकार गरेका छन्,’ प्रवक्ता कार्कीले भने, उनलाई पछ्याउँदै जाँदा काठमाडौंमा लागुऔषध सप्लाई गर्ने सप्तरीकै कमल अधिकारी पनि प्रहरी नियन्त्रणमा छन्।’

चामलको बोराभित्र नियन्त्रित लागुऔषध २४७८ एम्पुल र नाईट्रोभेट ट्याब्लेट ३३०८ सहित उनीहरु पक्राउ परेका हुन्। खड्क नगरपालिका-११ वनौली सप्तरी बस्ने ४७ वर्षीय राम लोचन मुखिया र बरहथवा नगरपालिका-११ सप्तरी घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने ४७ वर्षीया कमल अधिकारी विरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ। 

प्रहरीका अनुसार मुखियाले सप्तरीकै अर्का एक व्यक्तिको प्रलोभनमा लागुऔषध बोकेर काठमाडौं आएका थिए। कमल अधिकारी भने काठमाडौंमा नै बस्छन्। देखिने पेशा व्यवसाय उनको खास केही छैन। उनी उपत्यकाभित्र लागुऔषध ट्याब्लेटहरू सप्लाई गर्ने व्यक्ति भएको प्रहरीको अनुमान छ। 

चामलको बोराभित्र नियन्त्रित लागु औषध २४७८ एम्पुल (डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३३०८ ट्याब्लेट फेला परेको थियो। प्रहरीका अनुसार एम्पुल सुईमार्फत लिने अवैध लागुऔषध हो। यसमा डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगन मिसाएर प्रयोग गर्ने गरिन्छ। यो लागुऔषध प्रयोग गरेपछि मानिसलाई लठ्याउने र होस गुमाउने जस्ता व्यवहार देखिन्छ।

आनन्द प्राप्ती र तनाव व्यवस्थापनका लागि विशेष गरी कलेज पढ्ने विद्यार्थीहरू र सडक बालबालिकाले लुकीछिपी एम्पुल लिने गरेका छन्। नाईट्रोभेट ट्याब्लेटको प्रयोगपछि व्यक्तिमा नशा चढ्ने र लठ्याउने जस्ता विशेषता देखिन्छन्। 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता कार्कीका अनुसार बरामद भएको लागुऔषध भारतीय सीमा हुँदै नेपाल भित्रिएको हो। सप्तरीबाट लागुऔषध पठाउने व्यक्तिको खोजी भइरहेको छ। यस्तै काठमाडौंमा कमल अधिकारीसँग मिलेर उपत्यकाभर लागुऔषध बिक्री वितरण गर्ने अन्य व्यक्तिको खोजी भइरहेको कार्कीले बताए। निजहरु उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित सम्मानित जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। 

     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.