अमेरिकामा गोली चल्दा २ जनाको मृत्यु,६ घाइते
![अमेरिकामा गोली चल्दा २ जनाको मृत्यु,६ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/gun-shooting-597eae0f30b644.79168676_eZgt1S30Zi_o6WgDGjat2.jpg)
वासिङटन डिसी : अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।
घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्क नजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो ।
अमेरिकामा बन्दुक हिंसा सामान्यजस्तै भएको छ । यहाँ मान्छेभन्दा धेरै बन्दुक छन् । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)