उत्कृष्ट कार चालक बनिन् शाक्य

उत्कृष्ट कार चालक बनिन् शाक्य
सुन्नुहोस्

काठमाडौं : सडकमा सुरक्षितयात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स र्‍यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन्। टोयोटा विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको आयोजनामा शनिबार सम्पन्न र्‍यालीमा ५५ सहभागी थिए। 

शाक्यले टोयोटा नेपालकोतर्फबाट ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफि प्राप्त गरिन्। यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन्। तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन्। 

उत्कृष्ट चालक बनेकी उद्यमी शाक्यसँग यसअघि नेपाल अटो मोबाइल्स एसोसिएसन (नासा) मा भाग लिइसकेको अनुभव छ। तर, पनि उनी प्रथम हुन्छु भन्ने नसोचेको बताउँछिन्। 

यता र्‍यालीमा सुरुमा गोकर्ण रिसोर्टमा प्रवेश गरेकी ५४ वर्षीया मनमाया लालचनले साइडमा नेभिगेटरको रूपमा बुहारी राखेर भाग लिइन्। ‘यो कार्यक्रमले महिलाहरूलाई धेरै प्रोत्साहन मिलेको छ। यसले सडक सुरक्षाबारे धेरै सिकाइ मिल्यो’, उनले भनिन्।

चबहिलबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्‍याली आयोजना गरिएको थियो। यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको थियो। 

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य यो बुमेन्स र्‍यालीले समय, गती र सुरक्षाको पाटोमा उपलब्धी हाँसील गरेको बताउँछिन्। ‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो र्‍याली फलदायी भएको अनुभव उनले गरेकी छन्। उनी भन्छिन्, ‘किनभने  हामीले ५० जनालाई मात्रै गर्ने भनेकोमा धेरै उत्सुकता भएर सहभागी जनाउन खोजेकाले ५५ जना पुगे। यो प्रतिस्पर्धा छिटो कुदाउने भन्ने होइन। कसले नियम पालना गर्छ ? कसले समय र गति अनि सुरक्षालाई ध्यान दिन्छ ? यसलाई मूल्यांकन गरिएको हो।’ प्रबन्ध निर्देशक वैद्यकाअनुसार यसबाट मनोवृत्ति व्यक्तित्व, आत्मविश्वास पनि जगाउन खोजेका हौं। यसले महिलाको निर्णय गर्ने क्षमता पनि विकास गर्ने उनको भनाइ छ। यो  र्‍याली प्रदर्शनले आगामी दिनमा निरन्तरता दिन प्रोत्साहन दिएको उनले बताइन्। 

अन्तर्राष्ट्रिय स्तरमै कार राइडिङमा भाग लिसकेकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको यो र्‍यालीमा दोस्रोपटक सहभागी भएकी छन्। महिला चालकलाई प्रायः सजग भएर नचलाउने भन्ने बुझाई भएकाले यो र्‍यालीले यस्तो सोचलाई चिर्ने र महिलालाई उत्प्रेरणा जगाएको बताउँछिन् सहभागी सरतिा श्री ज्ञवाली। हाल राजनीतिमा संलग्न उनी सडक सुरक्षालाई अपनाउँदै आएको बताउँछिन्। २४ वर्षदेखि कार चलाउँदै आएकी उनी भन्छिन्, ‘यस्तो खालको प्रतिस्पर्धाले जित्ने ऊर्जा र उत्प्रेरणा दिन्छ। ड्राइभिङ भन्नासाथ पुरुषलाई नै सम्झिने गरिन्छ तर महिला पनि सुरक्षित चालक बन्न सक्छन् है भन्ने सन्देश यसले पनि दिएको छ।’ 

सामाजिक सञ्जालमा बुमन्स र्‍यालीबारे थाहा पाएपछि सहभागी हुने चाहना जागेको बताउँछिन् २३ वर्षीया मौनतारानी गौतम। सफ्टवेयर इञ्जिनियर गौतम यो र्‍यालीले महिलाको सहभागिता बढी हुँदा धेरैसँग चिनजान गर्ने मौका जुरेको बताउँछिन्। ‘साथमा सडक सुरक्षाबारे ज्ञान र आत्मविश्वास बढायो। यसले विस्तारै सडकमा महिला चालक पनि बढेका छन है भनेर सन्देश पनि गएको छ ,’ गौतमले भनिन्।

उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्र्फत उत्पादन प्रदर्शन गरियो। २० वर्षअघि नेपालमा टोयोटाले बुमन्स र्‍याली सुरु गरेको थियो। सन् २००४ बाट र्‍याली सुरु गरेको टोयोटाको वुमन्स र्‍यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ। 

यसरी छनौट भए विजेता

र्‍यालीमा ड्राइभिङको गति, समयावधि, सडक सुरक्षालगायत पारदर्शिता हेर्न र मूल्यांकन गर्ने जिम्मेवारी नासालाई दिइएको थियो। नेपाल अटो मोबाइल्स एसोसिएसन नासा नेपालको तर्फबाट खेल खेलाउन प्राविधिक टोली ८ जना थिए। यो संस्था नेपालमा अटो मोबाईल्स गाडीहरूको खेल खेलाउने अन्तर्राष्ट्रिय र खेलकुद परिषद्बाट मान्यता प्राप्त एक मात्रै संस्था हो। 

उक्त संस्थाबाट र्‍यालीको नेतृत्व मार्सल कमिसन संयोजक आशिष लामिछानेले गरेका थिए। लामिछानेका अनुसार सडकको अवस्थाको आधारमा, भीडभाड, पैदल यात्रीहरूको जमघटको स्थितिमा फरक खालका गति तय गरिएको हुन्छ। ‘त्यो गतिमा गाडी चलाउँदा सुरक्षित यात्रा हुन्छ भनेर सन्देश दिन गरएिको खेल हो। समग्रमा समय, दूरी र गति सिद्धान्तको आधारमा परिणाम निकालिएको छ। यसमा छिटो आउँदैमा जितिने ढिलो आउँदैमा हारिने भन्ने होइन। तोकेको समय र सीमालाई हेरएिको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.