पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घर, कुखुरा फार्म र १० बिघाको गहुँबाली जलेर नष्ट

पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घर, कुखुरा फार्म र १० बिघाको गहुँबाली जलेर नष्ट
सुन्नुहोस्

वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिका-१ भलुवहीयाँमा शनिबार दिउँसो भएको आगलागीबाट कुखुरा पाल्ने पोल्टी फार्मसहित पाँच वटा घर र एउटा पोल्ट्री फार्म जलेर नष्ट भएको छ। आगलागीबाट १० बिघाभन्दा बढीको गहुँबाली पनि जलेर सखाप भएको प्रहरीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार, भलुवहीयाँ गाउँसँग जोडिएको सीमावर्ती भारतीय गाउँ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको खुटी (ठुटा) जलाउन एक किसानले आगो लगाएको र त्यही बेला चलेको हावाहुरीले आगोको लप्का भलुवहीयाँ गाउँको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको हो। 

nullआगलागीबाट भलुवहीयाँ गाउँमा पाँच वटा फुसको घर, एउटा पोल्ट्री फर्म, त्यसमा रहेका ब्रोइलर कुखुराका चल्लाका साथै १० बिघाभन्दा बढी गँहुबाली र १०/१२ वटा परालको कुन्यु पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए। आगलागीबाट भलुवहीयाँ गाउँका किसुनदेव पासवान,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान र लखन पासवानको घर तथा मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भएको हो। आगलागीबाट घर र त्यसमा रहेका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका कारण ती घरका परिवारहरु बिचल्लीमा परेका स्थानीय शैलेश गुप्ताले जानकारी दिए। 

भलुवहीयाँ गाउँमा लागेको आगलागी वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाबाट गएका दुई वटा दमकलको मदतमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको उनले बताए। आगलागीबाट भएको क्षतिको विवरण अहिले यकिन भइ नसकेको भन्दै प्रहरी निरीक्षक केसीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.