जनताको घरमै पुगेर गुनासो संकलन गर्दै जनप्रतिनिधि

जनताको घरमै पुगेर गुनासो संकलन गर्दै जनप्रतिनिधि
सुन्नुहोस्

परासी : स्थानीय जनताका गुनासो संकलन गर्न प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरूले अभियान सञ्चालन गरेका छन्। गाउँमा सञ्चालन गर्नुपर्ने योजनासँगै स्थानीयहरूको अन्य आवश्यकता पहिचान गरी सोहीअनुरुप कार्यक्रम र योजना निर्माण गर्नका लागि जनताको घरमा पुगेर प्रत्यक्ष भेटघाट सुरु गरिएको अध्यक्ष उमेशचन्द्र यादवले बताए। ֹ

‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ नाम दिएर सुरु गरिएको अभियानमा पालिकाबाट निर्वाचित सबै जनप्रतिनिधिहरू सहभागी छन्। ९ वटा वडा रहेको पालिकामा ४९ जना जनप्रतिनिधि चुनिएका छन्। ‘निर्वाचित भएको दुई वर्षमा पालिकाबाट भएका कामको जनताबाटै समीक्षा सुन्ने र उनीहरूको आवश्यकताका आधारमा योजना तय गर्नका लागि प्रत्यक्ष भेटघाट सुरु गरेका हौं,’ अध्यक्ष यादवले भने। 

वैशाख ३ गतेदेखि सञ्चालन गरिएको १० दिने अभियानमा जनप्रतिनिधिहरूले जनतासँग भेटघाट गर्दै टोल भेलामार्फत सुझाव र गुनासो संकलन गर्दै आएका छन्। पालिकाका ८३ वटा टोल भेलाबाट आएका सुझाव र गुनासालाई सम्बोधन गर्दै आगामी बजेट निर्माण गरिने अध्यक्ष यादवको भनाइ छ। ‘संवादले सहकार्य बढाउँछ, सहकार्यले समग्र विकासलाई सघाउ पुर्‍याउँछ। त्यसैले यो कार्यक्रम प्रभावकारी भएकाले हरेक वर्ष यसलाई निरन्तरता दिन्छौं’, अध्यक्ष यादवले भने। 

अभियानका क्रममा स्थानीयहरूले सबैभन्दा बढी शुद्ध खानेपानी, सिचाइँ र रासायनिक मलको व्यवस्था गर्न माग गरेका थिए। पालिकाका अधिकांश स्थानीयहरूले हेण्ड पाइपको पानी पिउँदै आएका छन्। करिब ९० प्रतिशत स्थानीय उखु, केरालगायतका कृषि क्षेत्रमा आवद्ध छन्। सडक निर्माण, सिचाइँ, विद्युतीकरण लगायतका समस्यालाई पनि सम्बोधन गर्न स्थानीयहरूले जनप्रतिनिधिहरूसँग माग गरेका थिए। 

स्थानीय महिलाहरूले भने आफूहरूले स्थानीय स्तरमा उपलब्ध भएका वस्तुहरूलाई प्रयोग गरी निर्माण गरिएका हस्त सामग्रीहरूको बजारीकरण र उद्यमीहरूलाई अनुदानको व्यवस्था गर्न माग गरेका थिए। 

गाउँपालिकामा पाइने पटेर (गुन्द्री बनाउन प्रयोग हुने एक प्रकारको झार प्रजाति)बाट हस्त सामग्रीहरू निर्माण गरी जीविकोपार्जन गर्दै आएका छन्। त्यस्तै केराको पकेट क्षेत्र रहेको पालिकाका अधिकांश महिलाहरूले केराको चिप्स र केराको थामबाट सेनिटरी प्याड बनाउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.